म्यान्मारमा तत्काल हिंसा अन्त्य गर्न राष्ट्रसङ्घका पूर्वमहासचिव बानको आह्वान « Khabarhub

म्यान्मारमा तत्काल हिंसा अन्त्य गर्न राष्ट्रसङ्घका पूर्वमहासचिव बानको आह्वान


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान की मुनले म्यान्मारमा तत्काल हिंसा अन्त्य हुनुपर्ने बताएका छन् । म्यान्मारका उच्च सैनिक अधिकारीहरूसँगको आकस्मिक भेटमा उनले हिंसा अन्त्यका निम्ति आह्वान गरेका हुन् ।

पूर्वमहासचिव बानले सोमबार म्यान्मारको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर हिंसा रोक्न अनुरोध गरे ।

विश्वभर शान्ति स्थापना तथा मानवअधिकार रक्षाको प्रयासमा जुटेको वरिष्ठ व्यक्तिहरू संलग्न समूहका तर्फबाट उनले सैन्य अधिकारीहरूलाई उक्त अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वमहासचिव बान उक्त समूहका उपाध्यक्ष हुन् ।

म्यान्मारको वर्तमान वस्तुस्थिति बुझ्न पूर्वमहासचिव बान त्यहाँ पुगेका हुन् । सोमबार राति नेपिटोबाट ब्याङ्कक उडेका उनले त्यहाँ रहँदा सैन्य अधिकारीहरूसँग सेना र प्रजातन्त्र पक्षधरहरूबीचको हिंसा रोक्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) र संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा शान्ति योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुची नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरेपछि सैनिक सरकारविरुद्ध भएका आन्दोलनले हिंसात्मक रुप लिएका छन् । सैन्य सरकारले आन्दोलन दबाउन हवाई हमलालगायत घातक कारबाही गर्दै आएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण