म्यान्मारमा तत्काल हिंसा अन्त्य गर्न राष्ट्रसङ्घका पूर्वमहासचिव बानको आह्वान « Khabarhub

म्यान्मारमा तत्काल हिंसा अन्त्य गर्न राष्ट्रसङ्घका पूर्वमहासचिव बानको आह्वान


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान की मुनले म्यान्मारमा तत्काल हिंसा अन्त्य हुनुपर्ने बताएका छन् । म्यान्मारका उच्च सैनिक अधिकारीहरूसँगको आकस्मिक भेटमा उनले हिंसा अन्त्यका निम्ति आह्वान गरेका हुन् ।

पूर्वमहासचिव बानले सोमबार म्यान्मारको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर हिंसा रोक्न अनुरोध गरे ।

विश्वभर शान्ति स्थापना तथा मानवअधिकार रक्षाको प्रयासमा जुटेको वरिष्ठ व्यक्तिहरू संलग्न समूहका तर्फबाट उनले सैन्य अधिकारीहरूलाई उक्त अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वमहासचिव बान उक्त समूहका उपाध्यक्ष हुन् ।

म्यान्मारको वर्तमान वस्तुस्थिति बुझ्न पूर्वमहासचिव बान त्यहाँ पुगेका हुन् । सोमबार राति नेपिटोबाट ब्याङ्कक उडेका उनले त्यहाँ रहँदा सैन्य अधिकारीहरूसँग सेना र प्रजातन्त्र पक्षधरहरूबीचको हिंसा रोक्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) र संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा शान्ति योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुची नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरेपछि सैनिक सरकारविरुद्ध भएका आन्दोलनले हिंसात्मक रुप लिएका छन् । सैन्य सरकारले आन्दोलन दबाउन हवाई हमलालगायत घातक कारबाही गर्दै आएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ४८ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ