यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी « Khabarhub

यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।

आज भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो । गण्डकीको जित भने पहिलो हो । स्थानीय फाप्ला मैदानमा आज भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले पराजित ग-यो । अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई १२ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको मधेसले सबै विकेट क्षतिमा एक सय २५ रन बनायो । उसका लागि राहन शाहले ३९ रन र चन्दन रायले २७ रन बनाए । कर्णालीका लागि विपिन शर्माले तीन विकेट तथा लक्की बम र दीप पौडेलले दुई/दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले निर्धारित ओभरमा नौ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो । उसका लागि दिपेश रावतले १५ र रोशन शाहीले १३ रन बनाए ।

मधेसका लागि पप्पु यादवले तीन विकेट र रोहन शाहले दुई विकेट लिए । खेलमा दुई विकेट लिएर ३९ रन बनाएका मधेस प्रदेशका राहन शाह ‘प्लेयर अफ द म्याच भए ।

अर्को खेलमा गण्डकीले पहिले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन बनायो । गण्डकीका लागि रोहित कुँवरले ५१ रनको अर्धशतकीय पारी खेले । रोहित चन्दले ३७ रन बनाए । कोशीका लागि प्रतिक पोखरेल सौजन घिमिरेले तीनरतीन विकेट र प्रेम कामतले दुई विकेट लिए । प्रतिउत्तरमा कोशीले निर्धारित ओभरमा आठ विकेट क्षतिमा एक सय ५० रन मात्रै बनाउन सक्यो ।

उसका लागि दिपु भुजेल र शिवांश बजगाईँले समान ३५/३५ रन बनाए भने सौजन घिमिरेले २३ रन जोडे । गण्डकीका लागि सिब्रिन श्रेष्ठले चार विकेट र अश्विन थापाले दुई विकेट लिए । चार विकेट लिएका गण्डकीका सिब्रिन श्रेष्ठ खेलको प्लेयर अफ द म्याच भए ।

प्रतियोगिताअन्तर्गत भोलि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बीच तथा अर्को खेल कोशी प्रदेश र बागमती प्रदेशका बीच हुँदैछ । प्रतियोगितामा देशका सातवटै प्रदेशको क्रिकेट टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ३४ बजे

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित

 करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर– झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र