‘ए’ डिभिजन लिग : आर्मीको सहज जित « Khabarhub

‘ए’ डिभिजन लिग : आर्मीको सहज जित


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ :  सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्कीले निर्णायक गोल गरे ।

जिलेस्पीले खेलको १२ औँ मिनेटमा गरेको एक गोल नै आर्मीका लागि निर्णायक गोल सावित भयो । प्रतियोगितामा आर्मीको यो पाँचौँ जित हो । आर्मीले १२ खेलमा १९ अङ्क जोडेको छ । यससँगै आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यता चर्च ब्वाइजको भने यो दोस्रो हार हो । चर्च ब्वाइज १२ खेलमा १८ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले मनाङ मस्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गरे । उनले खेलको सातौँ मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : २३ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको