भन्सार छलेको ४२० बोरा चिनी बरामद « Khabarhub

भन्सार छलेको ४२० बोरा चिनी बरामद


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

चितवन – भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन्।

पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार भन्सार छली गरी भारतबाट आउँदै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रण लिइएको ट्रकबाट बरामद भएको चिनीको मूल्य करिब १६ लाख रुपैयाँ देखिएको छ।

उक्त ट्रकमा रहेका ४२० बोरामा २१ टन अर्थात् २१ हजार केजी चिनी रहेको र सो बरामद चिनी थप कारबाहीका लागि पश्चिम नवलपरासी प्रहरीले आन्तरिक राजस्व कार्यालय ,बुटवलमा पठाइएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ५८ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो