अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण « Khabarhub

अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस  मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपामा गरेको स्मृति दिवसमा अधिकारीप्रति एमालेका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गरेका छन् । 

सभामा एमालेका वरिष्ठ उपाध्यक्ष तथा  प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी रहेको बताए । उनले राजनीतिक स्थायित्व,  विकास र समृद्धिका लागि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने सपनाको जागरणका पक्षमा उभिनु नै अधिकारीप्रति सच्चा सम्मान हुने विचार व्यक्त गरे। 

‘अधिकारीका विचार, काम, आदर्श सधैँ जीवित छन् । ती कुराबाट अभिप्रेरित हुँदै सधैँ हामी अगाडि बढिरहनुपर्दछ’, उनले भने । उनले अधिकारीका नाममा स्थापना गरिएका प्रतिष्ठान र संस्थालाई व्यवस्थितसमेत बनाउने बताए । अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । 

अधिकारी २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयघात भएर उपचारका क्रममा निधन भएको थियो । विसं २०४७ मा नेकपा (एमाले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को उनी अध्यक्ष बनेका थिए । मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दलको हैसियतले एमालेका तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : २५ बजे

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,