राष्ट्रियसभा बैठक : शासन व्यवस्था र निर्वाचन प्रणाली सुधार्न प्रस्ताव « Khabarhub

राष्ट्रियसभा बैठक : शासन व्यवस्था र निर्वाचन प्रणाली सुधार्न प्रस्ताव


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे राजनीतिप्रति जनतामा निराशा बढ्न भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे स्थिति अकल्पनीय हुने भन्दै उनले एक व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने, सांसद वा मन्त्री तीनपटक र दलको अध्यक्ष दुईपटक मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने मौखिक प्रस्ताव गरे । 

निर्वाचन प्रणाली सुधार्नुपर्ने बताउँदै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक व्यवस्था गर्नुपर्ने बताए । विद्यमान समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्षमै मिलाउनु पर्नेमा जोड दिएका उनले संघीय संसद् सदस्य २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्य ५५० बाट घटाएर ३३० सदस्य बनाउनुपर्ने बताए । 

अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ती गर्ने कार्य पनि बन्द गर्नुपर्ने उनको प्रस्ताव छ । 

नागरिकका समस्या तत्कालै समाधान गर्ने संयन्त्र बनाउनुपर्ने बताएका उनले सुशासनको प्रत्याभूति हुने भ्रष्टाचार निवारणको अभियान चलाउनुपर्ने बताए । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : ३२ बजे

किसानलाई हरेक वर्ष मलकै अभाव

देवदह– हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता

नयाँदिल्लीमा वायु प्रदूषण तीव्र, बिरामीहरूको सङ्ख्या बढ्दो

एजेन्सी–  पछिल्लो समयमा बढ्दो  वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत

वीरगञ्ज भन्सार : चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को

कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन

विराटनगर– कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता

सचिवालयको स्पष्टीकरण : वृद्ध प्रधानमन्त्रीलाई २४ घण्टा सहयोग गर्न दम्पतीको नियुक्ति !

काठमाडौं – प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको सचिवालयमा श्रीमान श्रीमती नियुक्तिको