संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन आग्रह « Khabarhub

संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन आग्रह


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरूको नाम दिन दलहरुलाई आग्रह गरेका छन् । 

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम बिहीबारसम्म दिन दलहरुलाई आग्रह गरेका हुन् । 

समिति गठन गरिँदा संसद्लाई प्रभावकारी बनाउन सकिने बताएका उनले तर, बुधबार सबैको नाम प्राप्त हुन नसकेकाले बिहीबारसम्म दिन आग्रह गरेका हुन् ।  ‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको नाम दिनुभयो भने संसद्लाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’ 

संसद्‌मा उठेका विषयमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेको जानकारी दिएका उनले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको विषयमा बोल्ने जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : ४३ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत