संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन आग्रह | Khabarhub Khabarhub

संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन आग्रह


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरूको नाम दिन दलहरुलाई आग्रह गरेका छन् । 

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम बिहीबारसम्म दिन दलहरुलाई आग्रह गरेका हुन् । 

समिति गठन गरिँदा संसद्लाई प्रभावकारी बनाउन सकिने बताएका उनले तर, बुधबार सबैको नाम प्राप्त हुन नसकेकाले बिहीबारसम्म दिन आग्रह गरेका हुन् ।  ‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको नाम दिनुभयो भने संसद्लाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’ 

संसद्‌मा उठेका विषयमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेको जानकारी दिएका उनले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको विषयमा बोल्ने जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : ४३ बजे

लालबस्तीमै रित्तियो माओवादी !

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई