‘आज भोलि तिम्रै कुरा’ सार्वजनिक (भिडियो)  « Khabarhub

‘आज भोलि तिम्रै कुरा’ सार्वजनिक (भिडियो) 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘क्रस रोड्स-कथा तिम्रो र मेरो’ को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ ।

गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ । गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय स्थान देख्न सकिन्छ । भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको फिल्ममा अरविन्द राज गुरुङको निर्देशन छ ।

जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्म्सनिरेम प्रोडक्सन संयुक्त ब्यानरमा निर्मित फिल्ममा रिस्मा, गौरवसँगै यांकी योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशीकला प्रधान, पवन सुब्बा र एमडी सनीको अभिनय छ ।

अरविन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको फिल्ममा रुपेनको सम्पादन, निक गोलेको मुख्य सहायक निर्देशन, फुप सोनाम भुटियाको कलर, चञ्चल थापाको छायांकन छ । फिल्ममा ऐनी राई लामा, जिग्मी लामा, नेवल लामाको लगानी छ ।

 फिल्ममा सिक्किमका रोविन गुरुङ र दार्जिलिङका शिखर थापा क्षेत्री र अलिसा क्षेत्री लाइन प्रोड्युसर छन् भने अर्विन्दराज गुरुङ (अर्विन्द राज प्रोडक्सन), विवेक लामा (गोल्डेन आवर फिल्मस्) र निकी गोले (निरेम प्रोडक्सन)  सह निर्माता छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ४ : ४१ बजे

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने