प्रतिनिधिसभा बैठक : निरा आचार्यको हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण  | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : निरा आचार्यको हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद बिजुला रायमाझीले काठमाडौँ महानगरपालिका–६ को सरस्वती नगरस्थित आफ्नो व्यवसाय गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या भएको सात दिन बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न नसकेको भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अहिले निरा पाण्डेको परिवार शोकमग्न अवस्थामा रहेको जनाउँदै घटनाका दोषी  पत्ता लगाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद थापाले सिंगो काठमाडौँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिएर कुनै ठाउँ विशेष मात्र नभई पूरै काठमाडौँमा सिसी क्यामेरा जडान गर्नुपर्ने सुझाव दिए ।

सांसद प्रभु साहले वर्षायामको सुरुआतसँगै आइपर्ने विपद् व्यवस्थापनको सम्बन्धमा सरकारले गरेका पूर्वतयारी बारे सदनलाई जानकारी गराउन  माग गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ४ : ५७ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको