प्रतिनिधिसभा बैठक : निरा आचार्यको हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण  « Khabarhub

प्रतिनिधिसभा बैठक : निरा आचार्यको हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद बिजुला रायमाझीले काठमाडौँ महानगरपालिका–६ को सरस्वती नगरस्थित आफ्नो व्यवसाय गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या भएको सात दिन बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न नसकेको भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अहिले निरा पाण्डेको परिवार शोकमग्न अवस्थामा रहेको जनाउँदै घटनाका दोषी  पत्ता लगाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद थापाले सिंगो काठमाडौँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिएर कुनै ठाउँ विशेष मात्र नभई पूरै काठमाडौँमा सिसी क्यामेरा जडान गर्नुपर्ने सुझाव दिए ।

सांसद प्रभु साहले वर्षायामको सुरुआतसँगै आइपर्ने विपद् व्यवस्थापनको सम्बन्धमा सरकारले गरेका पूर्वतयारी बारे सदनलाई जानकारी गराउन  माग गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ४ : ५७ बजे

नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार

काठमाडौं– पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

सिद्धार्थनगर– रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई

खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने

सुकुम्वासी बस्ती हटेपछि यस्तो देखिए उपत्यकाका खोला किनार

काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न

कैलाली चुरेका भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान

कैलाली– कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५०