ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके : गृहमन्त्री  « Khabarhub

ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके : गृहमन्त्री 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन् । 

झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शन भएको थियो । उक्त प्रदर्शन सत्तापक्षकै कार्यकर्ताबाट भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताएपछि गृहमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध उत्रिएकाहरुबाट सो कार्य भएको जवाफ दिएका हुन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले ओलीमाथि भएको आक्रमण हुनु दुखद भएको भन्दै सो कार्यमा संलग्नमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका हुन् । 

सो घटनाप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै निन्दा गर्दै उनले अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसकिने चेतावनी दिए । उनले सो घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ५ : ०१ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन