सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार र मछिन्द्रको बराबरी  « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार र मछिन्द्रको बराबरी 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ । यस्तै बुधबार नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटा क्लबलाई ४-० गोल अन्तरले हराएको हो । सातदोबाटोको जितमा विलियम एसिडेउ र दीपक सिंह ठकुरीले दुई दुई गोल गरे । खेलको दशौँ मिनेटमा विलियमले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । 

१९ औं मिनेटमा विलियमले व्यक्तिगत दोस्रो गोल गर्दा सातदोबाटो २-० ले अघि रह्यो । खेलको ६८ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई ४-० को जित दिलाए ।

 सातदोबाटोको यो छैटौँ जित हो । सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटा १२ खेलमा १५ अंक जोडेर नवौँ स्थानमा रहेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ०० बजे

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ ।

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण