सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार र मछिन्द्रको बराबरी  « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार र मछिन्द्रको बराबरी 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ । यस्तै बुधबार नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटा क्लबलाई ४-० गोल अन्तरले हराएको हो । सातदोबाटोको जितमा विलियम एसिडेउ र दीपक सिंह ठकुरीले दुई दुई गोल गरे । खेलको दशौँ मिनेटमा विलियमले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । 

१९ औं मिनेटमा विलियमले व्यक्तिगत दोस्रो गोल गर्दा सातदोबाटो २-० ले अघि रह्यो । खेलको ६८ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई ४-० को जित दिलाए ।

 सातदोबाटोको यो छैटौँ जित हो । सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटा १२ खेलमा १५ अंक जोडेर नवौँ स्थानमा रहेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै