मेयर बालेनको प्रश्न- कुन आधारमा अवैध संरचनाको संरक्षण गर्नुहुन्छ गृहमन्त्रीज्यू ? « Khabarhub

मेयर बालेनको प्रश्न- कुन आधारमा अवैध संरचनाको संरक्षण गर्नुहुन्छ गृहमन्त्रीज्यू ?


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुन आधारमा अवैध संरचनाको संरक्षण गरिरहेको भनी प्रश्न गरेका छन् ।

मेयर बालेनले २०७६ साउन २० गते सर्वोच्च अदालतले बागमती, बिष्णुमती, मनोहरा र सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएको स्मरण गरेका छन् ।

यस्तो सन्दर्भमा आज फेरि उच्च अदालतले बागमती सभ्यताविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नगरेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कुनै कानूनले कसैमाथि अन्याय गरिरहेको भए तत्काल कानून परिवर्तन गर्न प्रक्रिया सुरु गर्न पनि सुझाव दिएका छन् ।

उनले यसतर्फ कुनै कदम नचाली कुन कानून र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ भनी गृहमन्त्रीसँग प्रश्न गरेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ३० बजे

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा