गालीगलौजको राजनीति नगर्न रवि लामिछानेको अनुरोध | Khabarhub Khabarhub

गालीगलौजको राजनीति नगर्न रवि लामिछानेको अनुरोध


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् ।

बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए । उनले भने, “सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी । हाम्रो ओठमा मुस्कान र हातमा फूल छ । हामीले गालीगलौज गर्न सुहाउँदैन । त्यसैले हामी गालीगलौजको राजनीति नगरौँ ।”

उनले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताउनुभयो । मात्तिएर र आत्तिएर राजनीतिमा नहुने भन्दै उनले आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पङ्क्तिलाई हेर्ने बताए । उनले अरु दलको आलोचनामा नगर्ने बताए । सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरुप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए । सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी सधैैँ अग्रपङ्तिमा रहेर काम गर्ने स्पष्ट पारे ।

यस्तै सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताए । विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ५९ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको