गालीगलौजको राजनीति नगर्न रवि लामिछानेको अनुरोध « Khabarhub

गालीगलौजको राजनीति नगर्न रवि लामिछानेको अनुरोध


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् ।

बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए । उनले भने, “सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी । हाम्रो ओठमा मुस्कान र हातमा फूल छ । हामीले गालीगलौज गर्न सुहाउँदैन । त्यसैले हामी गालीगलौजको राजनीति नगरौँ ।”

उनले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताउनुभयो । मात्तिएर र आत्तिएर राजनीतिमा नहुने भन्दै उनले आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पङ्क्तिलाई हेर्ने बताए । उनले अरु दलको आलोचनामा नगर्ने बताए । सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरुप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए । सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी सधैैँ अग्रपङ्तिमा रहेर काम गर्ने स्पष्ट पारे ।

यस्तै सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताए । विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ५९ बजे

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति