पार्टीलाई समयानुकूल बनाउन नीति अधिवेशन आह्वान गर्नुपर्छ : नैनसिंह महर | Khabarhub Khabarhub

पार्टीलाई समयानुकूल बनाउन नीति अधिवेशन आह्वान गर्नुपर्छ : नैनसिंह महर


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीको केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन् ।

सम्पर्क समितिसँगको छलफलका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए ।

प्रत्येक दुई-दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ । गत मङ्सिर ४ मा आम निर्वाचन भएर यही वैशाख १० मा उपनिर्वाचन भइसक्दासमेत केन्द्रीय समिति बैठक बस्न नसकेको उनले बताए ।

‘पार्टीलाई व्यवस्थित, समयसान्दर्भिकपरिस्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ । अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ’, नेता महरले भने ।

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिस्कृत हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले नागरिकको भावनानुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने बताए । उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो ।

‘हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावनाअनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छु’, नेता महरले भने , ‘पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाब र गतिशीलता खोजेको संकेत दिएको छ । हामी यसका लागि तयार हुनुपर्छ ।’ समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोहीअनुरूप गतिशील हुनसक्नुपर्ने उनको तर्क थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ४ : ३७ बजे

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको ठूलाे क्षति

काठमाडौं – नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर