अष्ट्रेलिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने महिला पक्राउ  « Khabarhub

अष्ट्रेलिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने महिला पक्राउ 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  अष्ट्रेलिया पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं १३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं १ लाजिम्पाट बस्ने २५ वर्षीय सयना श्रेष्ठ रेहेकी छिन् ।

उनले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु र  प्रतिष्ठित कम्पनीमा मासिक ३ बढी तलब हुन्छ भन्ने प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम लिई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई बिहीबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरीएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : ०० बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा