रुद्रमती सरसफाइ अभियान सुरु | Khabarhub Khabarhub

रुद्रमती सरसफाइ अभियान सुरु


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा आजदेखि रुद्रमती सरसफाइ अभियान सुरु गरिएको छ । खोलामा अनावश्यकरूपमा माटो जम्मा भएको, झारपात धेरै पलाएको र फोहर मनपरी फाल्ने गरेर रुद्रमती फोहर भएका कारण सफा, सुन्दर र हरियाली बनाउन अभियान सुरु गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिका उद्गमस्थल भएको रुद्रमती नगरपालिकाको गहना हो । यसलाई दीर्घकालीन रूपमा सफा राख्न नगरपालिकाले सरसफाइ अभियान सुरु गरेको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

रुद्रमतीलाई स्वच्छ सफा र हराभरा बनाएर पर्यटकीय क्षेत्र बनाउन नगरले तयारी गरेको समेत उनको भनाइ छ । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौँ महानगरपालिका–४ को सिमानामा रहेको रुद्रमतीलाई पाथीभरा बस्तीबाट खोला सरसफाइ अभियान सञ्चालन गरिएको छ । अभियान बूढानीलकण्ठ–१३ स्थित नौलिनथान मन्दिरसम्म अभियान चलाउने नगरको योजना रहेको प्रवक्ता भट्टराईले बताए ।

रुद्रमती सरसफाइ गर्न यस आर्थिक वर्षमा मात्र सीमित नभएर दीर्घकालीन रूपमा सफा राख्न नगरले अभियान थालेको नगर प्रमुख मिठाराम अधिकारी बताउँछन् । उनले भने, “पहिला कस्तो थियो त्यस्तै अवस्थामा सफा र सुन्दर बनाउन नगरपालिकाले खेल्ने भूमिकामा हामी कडाइका साथ लाग्छौँ ”।

नगरपालिकाको पहिचान र सभ्यता संस्कृतिका रूपमा जगेर्ना गर्नुपर्ने सबै नगरवासीको कर्तव्य हो भन्दै बूढानीलकण्ठ–९ की वडाध्यक्ष सुमित्रा त्रिपाठीले यसअघि पनि कोरिडोर हरियाली बनाउन नगरपालिकाले वृक्षरोपण कार्यक्रम गरेको बताए ।

त्यस बेला रोपिएका धेरै बिरुवा हुर्किएका छन् । बिरुवाले सुन्दरता दिएसँगै वातावरणलाई पनि उत्तिकै सफा राखेको उनको भनाइ छ । नगरपालिकाले चारजना कर्मचारीलाई बिरुवा गोडमेल, हेरचाह र कटिङका काममा लगाएको छ । विगतमा गमलामा रोपिएका ठूला बिरुवा उखेलेर अन्य सार्वजनिकस्थलमा रोपिने नगरपालिकाले जनाएको छ । स्थानीयवासीलाई जनचेतनामूलक अभियान गरेर खोला सफा राख्ने तयारी गरिएको प्रवक्ता भट्टराईले जनाए ।

फोहर व्यवस्थापन गर्न खोला छेउका विभिन्न स्थानमा नगरपालिकाले डस्टबिनको व्यवस्था गर्ने भएको छ । रुद्रमती छेउका कतिपय स्थानमा तरकारीलगायत अन्नबाली लागाएको पनि देख्न सकिन्छ । त्यस प्रकारले खेतीकै रूपमा खोला किनारामा खेती गर्नुहुने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ८ : ५४ बजे

यसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने

काठमाडौं – भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले

वर्षाले पुष्पलाल लोकमार्गमा क्षति

बागलुङ – वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको

आगामी तीन दिन पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं – आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको

रास्वपाले आफ्नो वेवसाइटबाट हटायो मुकुल ढकालको नाम

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल

रारा तालमा डुबेर एक युवकको मृत्यु

मुगु – रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको