राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख « Khabarhub

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

बिहीबार दूतावासले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र स्वास्थ्य परीक्षण रिपोर्ट सकारात्मक आएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘राष्ट्रपतिज्यूको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।’’

उहाँको नौ दिनदेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली जानुभएको हो। यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : ५२ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ