गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ | Khabarhub Khabarhub

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिएका छन् । उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ ।

लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको रु एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो । उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो ।

वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ । वन वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पुर्‍याउन खोजेको अधिकृत पङ्गेनीको आरोप छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ४० बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक