युद्धविरामको अवधि लम्बिएपनि सुडानमा हिंसा जारी | Khabarhub Khabarhub

युद्धविरामको अवधि लम्बिएपनि सुडानमा हिंसा जारी


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खार्तुम- द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि हिंसामा कमी आएको छैन सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्‍यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ ।

साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकामा अन्तरराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले युद्ध अन्त्य गर्ने सहमति पूर्ण रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।

अफ्रिकी सङ्घ, संयुक्त राष्ट्रसङ्घ, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिकाले एक संयुक्त वक्तव्य निकालेर युद्धविराम गर्न सहमति जनाएकामा त्यसको स्वागत गरेका छन् ।

उनीहरूले शत्रुतापूर्ण गतिविधि सदाका निम्ति अन्त्य गर्न वार्ता र मानवीय सहायता सुनिश्चित गर्नेतर्फ द्वन्द्वरत पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

पश्चिमी डार्फरमा भड्किएको युद्धका कारण कुपोषणको शिकार भएका करिब पचार हजार बालबालिकालाई खाद्य सहायता उपलब्ध गराउन नसकिएको राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले जनाएको छ ।

सहायता निकायहरूका अनुसार हिंसाका कारण घरभित्रै फसेका धेरै सुडानी खाना, पानी, इन्धन र बिजुलीको अभावमा छटपटाइ रहेका छन् । केही भने ज्यान जोखिममा पारेर सुडानबाट पलायन भएका छन् ।

चौध दिनअघि युद्ध सुरु भएयता सुडानबाट १४ हजार नागरिक सुरक्षाको खोजीमा देशबाट पलायन भएका इजिप्टका अधिकारीले बताएका छन् । पचास देशका दुई हजार विदेशीले पनि सुडान छाडेका छन् ।

बीस हजार सुडानी चाड पुगेका छन् भने चार हजार दक्षिण सुडानमा शरणार्थी भएका छन् । तीन हजार पाँच सय जना इथियोपिया पुगेका तथा तीन हजारको हाराहारीमा अन्यत्र पलायन भएका राष्ट्रसङ्घीय निकायले जनाएका छन् । युद्ध जारी रहेमा थप दुई लाख ७० हजार सुडानी मुलुकबाट विस्थापित हुने चेतावनी पनि राष्ट्रसङ्घीय निकायहरूले दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : १५ बजे

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको