भारतमा एघार वर्षीया बालिकाद्वारा तीन पुस्तकालय स्थापना « Khabarhub

भारतमा एघार वर्षीया बालिकाद्वारा तीन पुस्तकालय स्थापना


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एघार वर्षीया आकर्षणा सतिसले भारतको हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना गरेकी छन् । आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक सङ्कलन गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् ।

एमएनजे बाल क्यान्सर अस्पताललाई एक हजार ३६ वटा, सनतनगर प्रहरी कार्यालयलाई आठ सय २९ र किशोरी बालगृहलाई छ सय २५ पुस्तक प्रदान गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् ।

गत बुधबारदेखि ती पुस्तकालय सञ्चालनमा आएका छन् । प्रान्त सरकारका प्रशासन र प्रहरीका उच्च अधिकारीबाट ती पुस्तकालयको उद्घाटन भएको छ ।

कोरोना महामारीका बेला आफूले आफन्त, छिमेकी र विद्यालयका सहपाठीबाट पुस्तक सङ्कलन गरेको आकर्षणाले बताएकी छन् । उनले स्थापना गरेका पुस्तकालयमा अधिकांश तेलगु भाषाका पुस्तक छन् भने अङ्ग्रेजी र हिन्दीका पुस्तक पनि त्यहाँ राखिएका छन् ।

आफ्ना पिताजीको प्रेरणाबाट आफूले पुस्तकालय स्थापना गरेको उनले एएनआईलाई बताइन् । खाजाखर्च जोगाएर उनले स्यानेटरी प्याड पनि कन्या सुधार गृहलाई प्रदान गरेकी छन् ।

पुस्तकालय नभएका स्थानमा पुस्तक दान गरेर पुस्तकालय स्थापना गरेकी आकर्षणाप्रति भारतीय प्रहरी सेवाकी शिखा गोले आभार व्यक्त गरेकी छन् । कन्या बाल सुधारगृहमा पुस्तकालयको उद्घाटनपछि उनले भनिन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ११ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान