लिटिल मिस एन्जेल-२०२३ को आवेदन खुला « Khabarhub

लिटिल मिस एन्जेल-२०२३ को आवेदन खुला


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस एन्जेल २०२३’ को आवेदन खुला भएको छ।

यही मे २१ देखि शुरु हुने ‘लिटिल मिस एन्जेल २०२३’ प्रतियोगिताका लागि आयोजक कलश इभेन्टले आवेदन खुला गरेको हो।

इभेन्टका प्रबन्ध निर्देशक सञ्जय महर्जनले प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका बालिकाहरुले सहभागिता जनाउन पाउने बताए। चौथो संस्करणको यो प्रतियोगिताका लागि आयोजकले सहभागीलाई व्यक्तित्व विकास, नेतृत्व, आत्मविश्वास, बाल यौन दुव्र्यवहारबारे सचेतना कक्षा, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व विषयमा प्रशिक्षण दिनेछन्।

आवेदन शुल्क ५ सय तोकिएको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेका लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी–सर्ट प्राप्त गर्नेछन। तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ। तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ।

रोहिया महर्जनको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ०९ बजे

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई