ताँजकोटका बाह्र सय घरधुरी विद्युत्‌को पहुँचमा « Khabarhub

ताँजकोटका बाह्र सय घरधुरी विद्युत्‌को पहुँचमा


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युत्‌को पहुँचमा पुगेका छन् । टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतीकरणको पहुँचमा जोडिएका हुन् ।

ताँजकोटमा भएका कूल एक हजार दुई सय घरधुरी पूर्णरूपमा विद्युतिकरणको पहुँचमा जोडिएका हुन् । जिल्लाका सात स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ । गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युत उत्पादन भई आपूर्ति भएपछि सिंगो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताएका छन् ।

 त्यसमा आठ सय ५० घरधुरी जलविद्युत्‌को पहुँचमा जोडिएको र तीन सय ५० घरधुरी सोलारको विद्युत्‌मा जोडिएका हुन् । आठ करोड लागतमा कर्पुखोला जलविद्युत् आयोजनाको एक सय १० किलोवाट विद्युत् उत्पादन भएको छ भने रु आठ करोड १६ लाख लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनिग्रिडबाट एक सय २५ किलोवाट विद्युत उत्पादन हुँदै आएको छ ।

त्यसैगरी वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ । उत्पादित विद्युत्‌ले गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युत् प्रयोग गर्न सेवाग्राहीलाई सहज भएको छ । पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ । विद्युत् आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ५३ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो