पाकिस्तानमा अहमदिया मुसलमानको प्रार्थानास्थलमा तोडफोड « Khabarhub

पाकिस्तानमा अहमदिया मुसलमानको प्रार्थानास्थलमा तोडफोड


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थल तोडफोड भएको घटना सार्वजनिक भएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तस्थित सारगोधा जिल्लामा रहेको अहमदियाको प्रार्थानास्थलमा तोडफोड भएको पाकिस्तानबाट प्रकशित हुने द न्युजले उल्लेख गरेको छ । उक्त प्रार्थानास्थल ११८ वर्ष पुरानो रहेको बताइएको छ ।

नाम नबताउने सर्तमा प्रहरी अधिकारीले घटनाको पुष्टि गरेका छन् । घटनामा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र अपमानको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ११ : ५१ बजे

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न