पाकिस्तानमा अहमदिया मुसलमानको प्रार्थानास्थलमा तोडफोड « Khabarhub

पाकिस्तानमा अहमदिया मुसलमानको प्रार्थानास्थलमा तोडफोड


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थल तोडफोड भएको घटना सार्वजनिक भएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तस्थित सारगोधा जिल्लामा रहेको अहमदियाको प्रार्थानास्थलमा तोडफोड भएको पाकिस्तानबाट प्रकशित हुने द न्युजले उल्लेख गरेको छ । उक्त प्रार्थानास्थल ११८ वर्ष पुरानो रहेको बताइएको छ ।

नाम नबताउने सर्तमा प्रहरी अधिकारीले घटनाको पुष्टि गरेका छन् । घटनामा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र अपमानको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ११ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना