नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो « Khabarhub

नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ ।

युएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । युएईले २७ ओभरमा ९ विकेट १ सय ६ रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो ।

खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे । त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए ।

नेपालका ललित राजबंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक-एक विकेट लिए ।

यसअघि पनि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल आधा घण्टा रोकिएको थियो ।

आज खेल हुन नसकेको खण्डमा भोलि मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ तर, भोलि पनि खेल हुन नसके दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ । वर्षाले सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : २१ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को