मुख्यमन्त्री कार्कीद्वारा मजदुर दिवसको शुभकामना | Khabarhub Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा मजदुर दिवसको शुभकामना


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व मजदुर दिवसको अवसरमा  शुभकामना सन्देश जारी गरेका छन् ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरबाट जारी विज्ञप्तिमा उहाँले सम्पूर्ण श्रमजीवी वर्गको यो विशेष दिन १३४औँ विश्व मजदुर दिवस-अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन् । 

उनले आफ्नो अधिकारको माग गर्दै अमेरिकाको शिकागो सहरमा मजदुरले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका श्रमिकको सम्झनास्वरूप सन् १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको जारी शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

आजको दिनलाई विश्वभरीका मजदुर तथा श्रमजीवी वर्गले आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका आधारभूत हकअधिकार प्राप्तिको दिनका रूपमा स्मरण गर्ने गरेको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । उनले नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भनी उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको विगुल फुकेको उल्लेख गरिएको छ । ‘नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु’, मुख्यमन्त्री कार्कीले भनेका छन् ।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकाले  सोहीअनुसार श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका विभिन्न ऐन कानुनको निर्माण भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको कुरा अवगत गराइएको छ । 

विश्व मजदुर दिवसका अवसरमा सम्पूर्ण  श्रमजीवी नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गदै नेपाली श्रमिक तथा तिनका प्रतिनिधि टेर्ड युनियनलाई श्रमिकको हकहित संरक्षणका निम्ति संगठित र एकताबद्ध भएर अघि बढ्न सफलता मिलोस भन्दै सबैमा शुभकामना मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ११ बजे

चाडमा झडपबाट हुँदा १७ जनाको मृत्यु

एजेन्सी– चाडको माईयो-कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको

लालीघाटमा हाट भर्न को जाला अब ?

सुर्खेत – गाउँ गाउँमा सडक पुगेसँगै राजमार्ग छेउमा रहेका ठूला

पोखराबाट ८२ तोला अवैध सुनसहित दुई जना पक्राउ

पोखरा- पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई

रास्वपाको अवरोधबीच संसद् सञ्चालन गरिएकोप्रति माओवादीको आपत्ति

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपाको

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्