श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे « Khabarhub

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताए ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गरेर सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

देशका विभिन्न चरणका राजनीतिक आन्दोलनको अग्रपङ्क्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिन सकेमात्र यो वर्गको उचित सम्मान हुने सन्देशमा भनिएको छ ।

शासन व्यवस्थालाई संस्थागत गर्ने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या रहेको भन्दै मुख्यमन्त्री पाण्डेले ती समस्या क्रमैसँग समाधान गर्दै मजदुर वर्गको हक, हित र सुरक्षाका लागि गण्डकी प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सकेमात्र राजनीतिक परिवर्तनले सार्थकता पाउनेमा जोड दिँदै उहाँले देशविदेशका सम्पूर्ण नेपाली दिदीबहिनी-दाजुभाइमा विश्वभरका श्रमिकको अधिकार स्थापित भएको यस दिवसका अवसरमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ३४ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले