रास्वपाद्वारा ३६ विभाग गठन, कुन विभागको प्रमुख को ? « Khabarhub

रास्वपाद्वारा ३६ विभाग गठन, कुन विभागको प्रमुख को ?


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी (रास्वपा)ले  ३६ वटा विभाग गठन गरेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गर्दै प्रमुखहरू तोकेको मुकुल ढकालले जानकारी दिए ।

कुन विभागको प्रमुख को ?

मुकुल ढकाललाई नीति तथा विचार विभाग र प्रशिक्षण विभाग, कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग, विपिन आचार्यलाई अभियान तथा प्रचार विभाग, शिशिर खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, डोलप्रसाद अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग, कुशुम महर्जनलाई मानवीय विकास प्रवर्द्धन विभाग, विष्णु श्रेष्ठलाई केन्द्रीय आरएटी विभाग, खुश्वु सरकार श्रेष्ठलाई नेतृत्व क्षमता तथा मानव संशाधन विकास विभाग, दीपक बोहरालाई जनसम्पर्क विभाग, हरि ढकाललाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग, लिमा अधिकारीलाई आर्थिक व्यवस्थापन विभाग, डा चन्द्रा कार्कीलाई गुनासो व्यवस्थापन विभाग, डा. अरनिको पाँडेलाई विकास योजना तथा नीति तर्जुमा विभाग, मनिष झालाई तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण विभाग र सार्वजनिक लेखा समीक्षा विभाग,  गणेश कार्कीलाई विधेयक मन्थन विभाग, अर्जुन अधिकारी गैरआवासीय नेपाली सम्पर्क विभाग, सोविता गौतमलाई कानुन तथा न्याय विभाग, डा। स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग, सुमना श्रेष्ठलाई शिक्षा विभाग र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग, डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या विभाग र युवा तथा खेलकुद विभाग, अशोक चौधरीलाई कृषि विभाग र सहकारी विभाग, शिशिर खनाललाई पर्यटन तथा संस्कृति विभाग, विराजभक्त श्रेष्ठलाई मुद्रा तथा पुँजीबजार  विभाग, गणेश पराजुलीलाई उद्योग तथा वाणिज्य विभाग, असिम शाहलाई श्रम तथा उपभोक्ता हित विभाग, शिव नेपालीलाई यातायात विभाग, निशा डाँगीलाई पूर्वाधार विकास अनुगमन विभाग, सन्तोष परियारलाई मानवअधिकार विभाग, विनिता कठायतलाई वन, वातावरण तथा प्राकृतिक स्रोत साधन विभाग र लक्ष्मी तिवारीलाई महिला तथा सामाजिक विकास विभागको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ३३ बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास