जनताका आशाअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव « Khabarhub

जनताका आशाअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले जनताले वर्तमान सरकारबाट निकै आशा गरेको भन्दै जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन नसके सरकार प्रति औंलो ठडिने धारणा राखे । अध्यक्ष नेपालले हालै सम्पन्न उपनिर्वाचनको परिणामले ठूला दलहरू सतर्क बन्नुपर्ने र कमिकमजोरीहरू खोजिनुपर्ने जिकिर गरे ।

उनले संविधानमा मौलिक अधिकार र सामाजिक सुरक्षालाई प्रत्याभूत गरेको बताए । मुलुकको युवा पलायनलाई रोक्नका लागि पनि सामाजिक सुरक्षा योजना निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ५ : ०५ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा