दार्चुलामा हिमपहिरो, मानिस पुरिएको आशंका « Khabarhub

दार्चुलामा हिमपहिरो, मानिस पुरिएको आशंका


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

व्यास– दार्चुलामा मंगलबार हिमपहिरो गएको छ । मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना पुरिएको आशंका गरिएको छ ।

यार्सागुम्बा खोज्न हिँडेका ८-९ जना स्थानीय त्रिपालमा बसिरहेको बेला माथिबाट हिमपहिरो खसेको बताइएको छ ।

हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डीएसपी थापाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ०६ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००