सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार खुमलटारको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार खुमलटारको बराबरी


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब खुमलटार युथ क्लबसँग बराबरीमा रोकिएको छ । 

मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २–२ गोलको बराबरी खेलेको हो ।  खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

दोश्रो हाफको ५०औं मिनेटमा स्टेफन समिरले गोल गर्दै खुमलटारले २–१ को अग्रता बनायो भने ६८ औं मिनेटमा थ्रीस्टारका आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीसँगै थ्री स्टार २३ अंकका साथ तालिकाको दोश्रो स्थानमा छ भने खुमलटार १४ अंकका साथ १३ औं स्थानमा छ ।

त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेललाई नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा मोसेस ग्याबाह र अहमद हिजाजीले एक एक गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेको छ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ५१ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी