प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि « Khabarhub

प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा हुने नेपाली सेना सैनिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी मुनाल बस्नेतले जानकारी दिए।

मुलुकको टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याएको हो । तहगतरुपबाट प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासेनानी बस्नेतले बताए। 

प्रतियोगितामा ३५ देखि ७० वर्ष उमेर समूहका खेलाडी आठ विधामा  सिङ्गल, डबल र  समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक विधामा कम्तीमा आठ टोली हुनुपर्नेछ । प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिने छ । उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति वा समूहले आजदेखि यही वैशाख २३ गतेसम्म दर्ता गराउनुपर्नेछ । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ५६ बजे

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार