मानव अधिकार तथा शान्ति समाजले पनि मनायो विश्व प्रेस स्वतन्त्रता दिवस « Khabarhub

मानव अधिकार तथा शान्ति समाजले पनि मनायो विश्व प्रेस स्वतन्त्रता दिवस


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ शीर्षकमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।

शान्ति समाजका काठमाडौँ, पाल्पा, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा छट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।

कार्यक्रममा शान्ति समाजका तर्फबाट तीन पृष्ठको अवधारणापत्र प्रस्तुत गरी सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्न स्मरण गराइएको छ । व्यावसायिक नैतिकताको उच्चतम मापदण्ड कायम गर्न सम्वद्ध सबैलाई समाजले कार्यत्रपत्रमार्फत् आग्रह गरेको छ ।

यसैगरी राज्य, सञ्चार जगतबाट श्रमजीवी पत्रकारको अधिकार संरक्षणका लागि थप प्रतिवद्धतासहित विशेष योजनाको खाँचो शान्ति समाजले औँल्याएको छ । प्रेस स्वतन्त्रता दिवसका दौरान विश्वभरि कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरिन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ०६ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा