छत्रकोटका महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन | Khabarhub Khabarhub

छत्रकोटका महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण दिन सुरु गरिएको हो ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए । उनका अनुसार अनिवार्य अवकाश हुने स्वयम्सेविकाहरुले मासिक एक हजार पेन्सन पाउनेछन् ।

गाउँपालिकाका विभिन्न वडामा कार्यरत चारजना स्वास्थ्य स्वयम्सेविका निवृत्त भएका छन् । स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहेका छन् । उनीहरुले हालसम्म सेवामा रहेबापत गाउँपालिकाबाट सेवा अवधिअनुसार क्रमशः रु २५ हजार, २५ हजार, १० हजार र २५ हजार प्राप्त गरेका छन् । साथै ६० वर्ष उमेर पुगेका कारण अनिवार्य अवकाश भएकी भागीरथा कँडेलले सङ्घीय सरकारबाट २० हजार र गाउँपालिकाबाट ३० हजार गरी कूल रु ५० हजार प्राप्त गरेका छिन् । उनले अब मासिक एक हजारका दरले प्रोत्साहनस्वरुप पेन्सन पाउनेछिन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सञ्चारमा प्रचारका लागि मात्र नभई दीर्घकालीन कामका लागि मात्र नयाँ कार्यक्रम ल्याउन सुझाव दिए । उनले स्वास्थ्य स्वयम्सेविकालाई निवृत्तिभरण दिने कार्यक्रमको कार्यान्वयन गर्नु छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि भएको बताए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ३३ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र