छत्रकोटका महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन « Khabarhub

छत्रकोटका महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण दिन सुरु गरिएको हो ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए । उनका अनुसार अनिवार्य अवकाश हुने स्वयम्सेविकाहरुले मासिक एक हजार पेन्सन पाउनेछन् ।

गाउँपालिकाका विभिन्न वडामा कार्यरत चारजना स्वास्थ्य स्वयम्सेविका निवृत्त भएका छन् । स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहेका छन् । उनीहरुले हालसम्म सेवामा रहेबापत गाउँपालिकाबाट सेवा अवधिअनुसार क्रमशः रु २५ हजार, २५ हजार, १० हजार र २५ हजार प्राप्त गरेका छन् । साथै ६० वर्ष उमेर पुगेका कारण अनिवार्य अवकाश भएकी भागीरथा कँडेलले सङ्घीय सरकारबाट २० हजार र गाउँपालिकाबाट ३० हजार गरी कूल रु ५० हजार प्राप्त गरेका छिन् । उनले अब मासिक एक हजारका दरले प्रोत्साहनस्वरुप पेन्सन पाउनेछिन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सञ्चारमा प्रचारका लागि मात्र नभई दीर्घकालीन कामका लागि मात्र नयाँ कार्यक्रम ल्याउन सुझाव दिए । उनले स्वास्थ्य स्वयम्सेविकालाई निवृत्तिभरण दिने कार्यक्रमको कार्यान्वयन गर्नु छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि भएको बताए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ३३ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय