उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला | Khabarhub Khabarhub

उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन् । संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ ।

जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा परी सर्वसाधारण मारिने गरेका छन् ।

सङ्घीय प्रहरीले सोराईस राज्यमा ती शव फेला पारिएको जनाउँदै अनुसन्धान जारी रहेको बताएको छ । यद्यपि प्रहरीले मृतकको परिचय सार्वजनिक गरेको छैन ।

संरक्षित क्षेत्र र सुनखानी वरपर अवैध गतिविधि हुने गरेका छन् भने बेलाबेलामा सशस्त्र झडपसमेत हुने गरेका छन् । सुनखोज्नेसँगको झडपमा परी गत साता एक जना आदिवासीसहित पाँच जनाको ज्यान गएको थियो ।

भेनेजुएलाको सिमानामा रहेको वन क्षेत्रमा आदिवासी यानोमामीमा अवैध उत्खनन रोक्न र त्यहाँबाट अवैध गतिविधि गर्नेलाई हटाउन सेना र प्रहरीले गत फेब्रुवरीदेखि अभियान सञ्चालन गरेको छन् ।

सुरक्षाकर्मीलाई समेत आक्रमणको निशाना बनाउँदै आएका आक्रमणकारीले यानोमामीमा बलत्कारलगायत जघन्य अपराध गरेको एक स्थानीय अगुवाले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : १५ बजे

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते