चीनको रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु « Khabarhub

चीनको रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ ।

घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ ।

चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रारम्भिक रिपोर्टमा घटनामा पाँच जनाको मृत्यु भएको बताइएपनि पछि थप चार जनाको शव फेला परेको सिन्ह्वाले जनाएको छ ।

उद्धार कार्य जारी छ र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।

एक जना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ । हराइरहेका एक व्यक्तिको खोजी जारी छ ।

यो प्लान्ट चीनको सरकारी स्वामित्वको समूह सिनोकेमको एक भाग लुक्सी केमिकल ग्रुपले सञ्चालन गर्दै आएको छ ।
(((

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ६ : २३ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको