मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु « Khabarhub

मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

मृतक तामाङले लामो समयदेखि मिस्त्री काम गर्दै आएका थिए । तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ३३ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ