बारको आन्दोलन आज पाँचौँ दिनमा पनि जारी रहने « Khabarhub

बारको आन्दोलन आज पाँचौँ दिनमा पनि जारी रहने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचौँ दिन पनि जारी रहने भएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिलगायतको माग गर्दै गत आइतबारदेखी आन्दोलन जारी छ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिरहेका छन्। उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ।

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन  वा गर्न नचाहेको हो, त्यो अझै बुझ्न सकिएको छैन। त्यसमा राजनीतिक खिचातानी भएको छ। तर अब विलम्ब नगरी प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायालयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदि कार्यपालिकाले न्यायालयलाई नेतृत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ। ’ उनका अनुसार आगामी शुक्रवारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहीन हुँदै आएको छ। कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधीश हुँदा कामसमेत प्रभावित भएका छन् भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ०३ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक