सुनको मूल्यको नयाँ कीर्तिमान, कति पुग्यो ? « Khabarhub

सुनको मूल्यको नयाँ कीर्तिमान, कति पुग्यो ?


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार २०० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो।

यससँगै छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ११ : ५८ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने