कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गर्न कांग्रेसको माग « Khabarhub

कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गर्न कांग्रेसको माग


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका–८ निवासी शङ्करप्रसाद कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

कँडेलले यही वैशाख १९ गते साँझ देहत्याग गर्नुअघि आठ पृष्ठ लामो ‘सुसाइड नोट’ छाड्नुभएको, आरोपित दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा परिवारजनले किटानी जाहेरी दर्ता गरेको पार्टीले जनाएको छ । तर आजसम्म प्रशासनबाट दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राजनीतिक, सामाजिक र व्यावसायिक भूमिकामा सक्रिय कँडेलको देहत्यागप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले उनको आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : ४६ बजे

इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए

बग्दाद– इराकी सुरक्षाबलले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी

पर्यटनको प्रतीक्षामा जिरी

दोलखा–  ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज– निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

एजेन्सी– अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक