सुदूरपश्चिममा माघीमा बिदा नदिइने « Khabarhub

सुदूरपश्चिममा माघीमा बिदा नदिइने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले थारुहरुको सबैभन्दा ठुलो पर्व माघीमा यस वर्ष बिदा नदिने भएको छ । प्रदेश सरकार गठन भएयता माघ १ र २ गते प्रदेशभरी माघी पर्वको सार्वजनिक बिदा दिँदै आएकोमा यस वर्ष कटौति गरेको हो ।

एक हप्ता अघि सार्वजनिक भएको प्रदेश सरकारको २०८० सालको सार्वजनिक बिदा सम्बन्धी सूचनामा प्रदेश सरकारले पाँच वटा पर्वमा विदा दिने निर्णय गरेको उल्लेख छ । चैत २२ गते बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा मनाइने प्रमुख पर्वहरुमा बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

सो निर्णय अनुसार प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने उल्लेख छ । प्रदेशभर भदौ १ गते ओल्के पर्व, भदौ ८ गते गौरा पर्व शनिवार परेको अवसरमा (थप एक दिन बिदा), भदौ ३१ गते थारुहरुको पर्व अतवारी, पुस २६ गते भुवा पर्व र चैत १९ गते खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको उल्लेख छ ।

सो राजपत्रमा भनिएको छ –‘खण्ड (क) मा तोकिए बमोजिमका विदाको अतिरित्त थप एक दिनको विदा दिनुपर्ने भएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रीस्तरिय निर्णयमार्फत प्रदेश राजपत्रमा सूचना प्रकाशन गरि विदा दिने ।’

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : १८ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ