दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार « Khabarhub

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर गाँजालगायतका लागुऔषध सेवन गर्ने गरेको बताए ।

“म माछा मार्नका लागि नियमित आउजाउ गर्दा यहाँ साँझको बेलामा मान्छे आएर चुरोट, गाँजा तथा बियर खाएको देख्ने गरेको छु”, उनले भने, “बाइकमा आउँछन्, अलिपर बाइक पार्किङ गरेर ग्याबिन भरेको ढुङ्गामाथि बसेर धुँवा उडाउने गरेका छन् ।” आफ्ना गाउँका भन्दा पनि बाहिरी गाउँबाट नचिनेका मान्छे यहाँ आउने गरेको बोटेको भनाइ छ ।

“केही मान्छे नियमित यहाँ देख्ने गरेको छु, एक÷दुई जना व्यक्ति भने लामो समयसम्म यहाँ बस्ने गरेका छन्”, उनले भने, “सायद ती व्यक्तिले लागुपदार्थ ल्याएर अन्य व्यक्तिलाई खुवाउने गरेका होलान् ।” बाहिरबाट आएका व्यक्तिले चुरोट, गाँजा खाएर फालेका ठुटो तथा बियरका बोतलहरू नदी किनारमा छरपस्टै फालिएका छन् । “बाहिरबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिक सामान नदी किनारमा फालिएका छन्”, उनले भने, “जसले गर्दा नदी किनार प्रदूषितसमेत बनेको छ ।”

मध्यविन्दु–३ का वडा सदस्य लोकनाथ अर्यालले पर्यटकीय क्षेत्र भएकाले मान्छे आएर रमाइलो गर्नु सामान्य भएको प्रतिक्रिया दिए । “यो ठाउँ पर्यटकीय दृष्टिकोणका रूपमा विकास भइरहेको छ”, उनले भने, “यस्तो अवस्थामा मान्छे आउनु, रमाइलो गर्नु भनेको सामान्य विषय हो ।” नदी किनारमा आउने मान्छेहरू यहाँको रमणीय दृश्य हेर्दै मनोरञ्जनकै लागि आउने गरेको उनको भनाइ छ ।

“यहाँ आउनु, रमाउनु त ठीकै हो । तर, पछिल्लो समय किशोरहरू पनि आउने गरेको सुनेको छु”, उनले भने, “किशोर दुर्व्यसनीमा फस्नु भनेको राम्रो होइन, यो विषयमा हामीले भर्खरै जानकारी पाएकाले अब कसरी अगाडि बढ्दा ठीक हुन्छ स्थानीयवासीसँग छलफल गरेर अघि बढ्छौँ ।” नदी किनारमा धेरै होटल खुलेको भए पनि मानिस होटलमा भन्दा पनि खुल्ला ठाउँमा बसेर दृश्यावलोकन रमाउने गरेको अर्यालको भनाइ छ ।

स्थानीय लालबहादुर विकले नदी किनार लागुपदार्थको अखडा बन्दै गएको अवस्थामा परिवारसहित त्यहाँ जान पनि अप्ठ्यारो हुने गरेको बताए ।

“हामी सधैँ नगए पनि बिदाको दिनमा छोराछोरी लिएर नदी किनारमा घुम्न जाउँ भनेर गएको अवस्थामा किनारको विभिन्न स्थान धुँवाले भरिएको हुन्छ”, उनले भने, “यस्तो अवस्थामा बालबालिका लिएर जाँदा उनीहरूमा पनि दुर्व्यसनीको लत बस्ने हो कि भन्ने डर लाग्छ ।” नारायणी नदी किनारमा बसेर सूर्यास्त, नदीमा माछा, नदीपारिको निकुञ्ज, गैँडा, यहाँको हरियाली हेर्नका लागि मान्छे आउने गरेको ठाउँमा गलत काम हुनु राम्रो विषय नभएको उनले बताए ।

“नचिनेका मान्छेहरु लागुपदार्थको नशामा लठ्ठ भएका हुन्छन्”, उनले भने, “कतै गलत काम गर्छन् कि भन्ने चिन्ताले सताउने गरेको छ ।” नदी किनारमा भइरहेको दुव्र्यसनीको अखडा रोक्नका लागि नियमितरूपमा प्रहरीको गस्ती बढाउनुपर्ने उनको भनाइ छ । “गाँजा खाएर बस्नेलाई हामी केही गर्न सक्दैनौँ” उनले भने, “नियमितरूपमा प्रहरीको गस्ती हुन सुरु भयो भने यस्ता क्रियाकलाप नियन्त्रण हुने थियो ।”

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १० : ०४ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको