बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै « Khabarhub

बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोरका विभिन्न स्थानमा सडकको मर्मत अघि बढाइएको छ ।

करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी हुँदा कतिपय खण्डमा पहिले बनिसकेका सडक भत्कन थालेकाले मर्मत अघि बढाइएको हो । चालु आर्थिक वर्षमा बागमती करिडोरमा झण्डै आठ किलोमिटर सडकमा कालोपत्र थप्ने काम (ओभर ले) गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं इञ्जिनियर कमल अर्यालले बताए ।

ललितपुरतर्फ बल्खु पुलबाट कालोपुलसम्म सडकमा ‘ओभर ले’ भइरहेको छ । मनोहरा दोभानबाट तीनकुनेको पुलसम्म, गोठाटार पुलबाट गोकर्णसम्म र जोरपाटीको पुल हुँदै माकलबारीसम्म पनि मर्मतको काम भइरहेको उनले बताए । उनले भने , “बढी बिग्रिएको सडकमा मर्मत भइरहेको छ ।”

विगतमा अरु निकायले पुल बनाएकामा त्यसको मुनिको सडक (अण्डर पास) खुलाउने काम पनि भइरहेको समितिले जनाएको छ । तीनकुने पुल र भत्केको पुल दुवैमा अहिले पुलमुनि सडक निर्माण भइरहेको इञ्जिनीयर अर्यालले बताए । तीनकुने पुलमा मुनि दुवैतर्फ अण्डरपासको काम भइरहेको छ । त्योभन्दा माथि भत्केको पुलमा पनि देब्रेतर्फ अण्डरपासको काम भइरहेको उनले बताए ।

समितिले करिडोर निर्माण, मर्मत, ढल बिच्छ्याउने, पार्क निर्माणलगायतका काम सँगसँगै अघि बढाइरहेको छ । तीनकुने पुलबाट तल्लो भागमा पार्कको निर्माण भइरहेको उनले बताए ।

बागमती करिडोर निर्माण सुरु भएको साढे दुई दशक भइसकेको छ । करिडोर कतिपय स्थानमा सम्पन्न भइसकेका छन् भने कतिपय ट्र्याक मात्रै खुल्दा पनि सवारीसाधन चल्न थालेका छन् । खासगरी जोरपाटीबाट गौशालासम्म र दोभानबाट बल्खु खण्डमा सवारीसाधनको चाप बढी रहेको पाइएको छ । जम्मा ४४ किलोमिटर लम्बाईको सो करिडोरको शुरुको विन्दु बागमती नदीको उद्गम स्थान बागद्वार हो भने अन्तिम विन्दु रातो मछिन्द्रनाथको जात्रासँग सम्बन्धित कटुवाल दह रहेको छ । सुरु र अन्तिम विन्दुतर्फ भने ट्र्याक खोल्ने काम भइसकेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १० : १८ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा