बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ : सभामुख « Khabarhub

बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ : सभामुख


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने जनाएका छन् ।

 २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले गौतम बुद्धको जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका बताएका छन् ।

‘शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको छ, ’ सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ, ‘जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवर्द्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका छन् । बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्छन् ।’ भगवान् बुद्धले देखाउनु भएको पवित्र मार्गको अनुसरणले मानवजातिमा शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग गर्ने विश्वास सभामुख घिमिरेले लिएका छन्  ।

आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वाससमेत सभामुख घिमिरेले व्यक्त गरेका छन् । सभामुख घिमिरेले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ०० बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित