‘गौतमबुद्ध जन्मस्थल लुम्बिनीको विकास नै आर्थिक समृद्धिको आधार’ « Khabarhub

‘गौतमबुद्ध जन्मस्थल लुम्बिनीको विकास नै आर्थिक समृद्धिको आधार’


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई आकर्षकीय धार्मिक पर्यटनको रुपमा विकास गर्नु पर्ने बताएका छन् । बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासका लागि सो पर्यटन महत्वपूर्ण रहनेसमेत जनाएका छन । 

संयुक्त राष्ट्रसंघले बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्‍याएको योगदानलाई मनन गरी सन् १९९९ देखि अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा मनाउँदै आएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले सत्य, शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता सिद्धार्थ गौतम बुद्धलाई मानव जातिले भगवानका रुपमा समेत मान्ने गरेका उल्लेख गरेका छन् ।

‘संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारण गर्न सकिन्छ र दुःख निवारण गर्न सके निर्वाण वा शान्ति प्राप्‍त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जयन्ती  बुद्ध पूर्णिमा  वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै दिन परेकोले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गरेको उनको भनाई छ ।

नेपालको वर्तमान संविधानको उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिले आत्मसाथ गरेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त धर्मनिरपेक्षताले बुद्ध धर्मप्रतिको सम्मान सहितको राष्ट्रिय एकता प्रवर्द्धनको आधार तय गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले महामानव गौतम बुद्धको जन्मभूमिको रुपमा विश्वको नेपालप्रति हेर्ने दृष्टिकोण र नेपालमा विश्वका पर्यटकको आवागमनका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा पारेको प्रभाव अमूल्य रहेको जनाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ११ बजे

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी