प्रधानमन्त्री प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै « Khabarhub

प्रधानमन्त्री प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दैछन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री दाहालले मूल समारोहको उद्घाटन गर्न लागेका हुन ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मूल समारोहको उद्घाटन गर्नेछन् । उनका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ । 

बैशाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा हिजो बिहान दीप प्रज्ज्वलन, महापरित्राण भएको थियो भने आज पूजापाठ, शोभायात्रासहित मूल समारोह आयोजना हुनेछ ।

यसैगरी २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा हुनेछ भने सोही बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोहको आयोजना गरिएको छ ।

हरेक वर्ष झै यस वर्ष पनि बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट छुट्याएको सदस्य सचिव शाक्यले बताए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा भने कोषले तीन करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : १८ बजे

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार