एआरएनए युरोपेली सम्मेलन आजदेखि सरू हुँदै | Khabarhub Khabarhub

एआरएनए युरोपेली सम्मेलन आजदेखि सरू हुँदै


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को  १५ औं युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदै छ ।

 मे ५, ६ र ७ तारिख तीन दिनमा जारी रहने सो सम्मेलनको उद्घाटन संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्ने तयारी छ । अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । 

सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकले लिएको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नको लागि क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीका अनुसार सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा घनिभूत छलफल हुनेछ । यस्तै सम्मेलनमा  संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ । 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले नेपालमा जति पुँजीको लगानी छ त्यति नै सिप, ज्ञान र प्रविधिको लगानीको महत्व भएको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालीमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा समेत छलफल गरिने बताए । 

 सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी हुनेछन् । यस्तै गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरू, पत्रकारहरूसंस्थापकहरुको उपस्थिति रहनेछ । सम्मेलनमा भाग लिन बिहीबार नै विभिन्न देशका गैरआवासीय नेपाली पदाधिकारी एवं अतिथिगढ प्राग पुगिसकेका छन् । 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ५८ बजे

टिआईएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै

एनपी साउदको चेतावनी : कांग्रेस ०८४ का लागि तयार छैन, गुटबन्दीले संगठन बिग्रिए, पार्टी संकटमा छ

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं– कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको