पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : अध्यक्ष ओली « Khabarhub

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : अध्यक्ष ओली


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् । आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन प्रयास गर्नुपर्ने बताए । 

उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्‌गमस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताए । उनले सन्देशमा भनेका छन्  ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उद्गमस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।’ उनले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति उच्च सम्मानसमेत व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले नेपालको रूपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको भन्दै एक घन्टाको यात्रामा तीनवटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने संयोग संसारमा कहीँ कतै नभएको  समेत सन्देशमा उल्लेख गरेका छन् । 

अध्यक्ष ओलीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरुसँगै पर्यटकको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिएको भन्दै बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएको समेत बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ११ : ५७ बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली