स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान : फोहर पाल्नेलाई कारबाही « Khabarhub

स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान : फोहर पाल्नेलाई कारबाही


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।

वीरगञ्ज महानगरपालिकाले आज जथाभावी फोहर फाल्ने एक जनालाई कारबाही गरी रु ५० हजार जरिवाना तिराएको छ । वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरेको हो ।

वीरगञ्ज सहरलाई सफा र स्वच्छ राख्न सरसफाइ र सौन्दर्यकरण अभियानअन्तर्गत महानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई नगद रु एक हजारदेखि ५१ हजारसम्म जरिवाना तिराउँदै आएको महानगरका मेयर राजेशमान सिंहले जनाएका छन् । महानगरले यसअघि वीरगञ्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहर गरेको भन्दै रु ५१ हजार जरिवाना गरेको थियो ।

वीरगञ्ज सहरको सरसफाइ र सौन्दर्यकरण अभियान चलाएको महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रबारसम्म तीन सय ९० जनालाई कारबाही गरी जरिवानावापत नौ लाख ६१ हजार पाँच सय रकम असुल गरेको महानगरको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : २१ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच