६४ वर्षदेखि भेडापालन, थाहा छैन कृषक अनुदान « Khabarhub

६४ वर्षदेखि भेडापालन, थाहा छैन कृषक अनुदान


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पाली उमेरले सात दशक पार गरे। उमेर घर्कँदै गए पनि उनमा काम गर्ने जोस जागर भने तन्नेरीको भन्दा कम छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहार सुसारमा लाग्ने सिर्पालीका दुई सय ५० बढी भेडाबाख्रा छन् । जाडो बढेपछि मङ्सिरमा बेसी झर्नुभएका सिर्पाली गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थालेका छन् । सिपार्ली आफ्ना भाइ देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा छन् ।

देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरी चार सय भेडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि नर्जाखानी जाने सडक उनीहरुको भेडाले ढाकिएका छन् । ठूलो भेडाको बथानमा केही काला र केही खैरो रङ्गका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । ७१ वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेडा गोठालो गर्दै आएका सिर्पालीको यात्रा अहिले पनि नडगमगाई निरन्तर चलिरहेको छ ।

बाउबाजेको पेसालाई अँगाल्दै आउनुभएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेको प्रति चिन्तित हुनुहुन्छ । भाइ देवबहादुर पनि सानै उमेरदेखि यही पेसामा आबद्ध हुँदै आएका छन् । ६० वर्षीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । आठ वर्षकै उमेरदेखि भेडा चराउन सुरु गर्नु भएको सिर्पाली अहिले दाइसँग सहकार्य गर्दै आएका छन् । उनहरुले भेडा हुलमूलमा हराउने डरले सिङमा रातो, हरियो लगायतका रङ लगाइ दिएका छन् । भेडापालन पुख्र्यौली पेसा भएको हुँदा यसको संरक्षण गर्नुपर्ने रनबहादुरको भनाइ छ ।

उनले आफ्ना पालामा अहिलेको जस्तो पढ्नेलेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखि नै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको बताए । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिदै गएको बताए । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उनको भनाइ छ ।

“पहिलेपहिले एकै जनाको दुई÷तीन हजार भेडा हुन्थे, अहिले त भेडा पाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीको जन्मनै भेडी गोठमा भयो, गोठमै जन्मेको, गोठमै हुर्केको हुँदा हाम्रो पेसा भेडा पाल्ने भयो”, रनबहादुरले भने, “हामीहरुले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसानै गर्नुप¥यो, सहज बजार त हाम्रो लागि बिरानो लाग्छ, दुःख भए पनि गोठनै रमाइलो हुन्छ ।”

पछिल्लो समय युवा पुस्ताले यो पेसा अँगाल्न नचाहँदा परम्परागत भेडापालन विस्तारै हराउँदै गएको छ । केही समय अगाडिसम्म बागलुङको उच्च पहाडी क्षेत्रमा भेडा गोठालो र भेडा प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुरले बताए ।

भेडापालनबाटै परिवार चलाउँदै आएको देवबहादुरले बताए । उनले पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काउने र पढाउने गरेको बताए । तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उहाँनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएको देवबहादुर बताए । बुढापाकाले भेडापाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखा सुनसान हुने उनको भनाइ छ ।

देवबहादुर भने, “भेडा चराउन निकै टाढाटाढा पुग्नुपर्छ, हिमालको काखदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने गर्छौँ, केही वर्ष अगाडिसम्म भेडा लगेरमाथि बुकी तिर जाँदा हामी जस्तै धेरै भेडा गोठालाको भेट हुन्थ्यो, अहिले त निकै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका युवा तन्नेरीले यस्तो काम गर्दैनन्, यही हिसाबले त हामी मरेपछि त भेडा पनि पाल्न छोड्छन् होला, पढ्ने लेख्ने मान्छेले भेडा पाल्न गाह्रो मान्छन् ।”

भेडाको सुरक्षाका लागि उनीहरुले तीन कुकुरसमेत पालेका छन् । उनीहरु जता जान्छन्, भेडा र कुकुर पनि र उतै लैजाने गर्छन । अबको एक सातामा बुकी पुग्ने देवबहादुरको भनाइ छ । उनीहरुले अहिले नर्जाखोलाको छेउमा सानो त्रिपालको छाप्रो बनाएर बस्दै आएका छन् । उनी राति सुत्ने बेला पनि भेडा उनीहरुकै छेउछाउमा बस्ने गर्छन। भेडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रासमेत छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ०२ बजे

यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : अर्जुन कुमालको डेब्यू

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,