सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण ‘कोभिड–१९’ « Khabarhub

सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण ‘कोभिड–१९’


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ ।

मुटुरोग, क्यान्सर र अनजानमा हुने चोटपटकका कारण हुने मृत्युपछि चौथो प्रमुख कारण कोभिड–१९ रहेको सिडिसीले बिहीबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सन् २०२२ का लागि अस्थायी अमेरिकी मृत्युदरको तथ्याङ्कको सिंहावलोकन गरिएको छ, जसमा सन् २०२१ को मृत्युदरसँग तुलना गरिएको छ ।

सन् २०२२ मा अमेरिकामा ३० लाखभन्दा बढीको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये दुई लाख ४४ हजार ९८६ जनाको मृत्युमा कोभिड–१९ को मुख्य कारण देखिएको थियो, जुन प्रत्येक १३ मृत्युमध्ये एक जनाको मृत्यु हो ।

सन् २०२१ देखि २०२२ सम्ममा अमेरिकाको मृत्युदर ५।३ प्रतिशतले घटेको छ । अफ्रिकी अमेरिकी र अलास्कामूलका बासिन्दामा समग्र मृत्युदर र कोभिड–१९ सँग सम्बन्धित मृत्युदर सबैभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

“अस्थायी मृत्यु अनुमानले मृत्युदरको प्रवृत्तिमा परिवर्तनको प्रारम्भिक सङ्केत प्रदान गर्दछ र कोभिड–१९ महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित मृत्युसहित मृत्युदर घटाउने उद्देश्यले सार्वजनिक स्वास्थ्य नीति र हस्तक्षेपहरूलाई मार्गदर्शन गर्न सक्छ,” रिपोर्टमा भनिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : १५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल